|
|
Latest Gatibidhi
Gatibidhi - April 13, 20242081-01-16 Sunday
Gatibidhi - April 13, 20242081-01-01 Saturday
Gatibidhi - March 31, 20242080-12-18 Sunday
Gatibidhi - March 23, 20242080-12-10 Saturday
Gatibidhi - September 04, 20242080-11-19 Saturday |
Gatibidhi - April 13, 2024
Place : Sunday मर्यादापुरुषोत्तम भगवान श्री रामचन्द्र यस धर्तिमा प्राकट्य हुनु भएको (पावन) जन्मदिन, श्री रामनवमी महोत्सवको पावन अवसरमा यही वैशख ४, ५, र ६ गते जगद्गुरूत्तम मन्दिर हेटौडामा तिन दिवसिय साधना शिविर भव्यताका साथ सम्पन्न भयो । उक्त साधनामा देशैभरीबाट श्री कृपालु अनुगत साधकहरूको उल्लेख्य उपस्थिति थियो । सोही कार्यक्रममा बाग्मती प्रदेशका माननीय पूर्व मूख्यमन्त्री श्री डोरमणी पौडेलज्यूद्वारा श्री जगद्गुरूत्तम मन्दिरको दर्शन एवं साधना शिविरको सफलताको शुभकामना मन्तन्य प्रदान गर्नुभयो । वैशाख ५ गते जगद्गुरूत्तम मन्दिरको गर्भ गृहमा साथकहरुद्वारा महाआरती, पूजन, अभिषेक गरेर भगवान् श्रीरामको पावन जन्मदिन यानेकी श्री रामनवमी महोत्सव भव्यतापूर्वक मनाइयो । साधनामा प्रथम पटक सहभागी हुनुहुने साधकहरुबाट ब्यक्त अनुभुतिमा हरिगुरू प्रति सद्भाव बढेको तथा उहाँहरु साधनामा समर्पित भएको पाइयो ।उहाँहरुकै शब्दमा उहाँहरूको अनुभव यसप्रकार छ । - - यसैगरि श्री राधा माधव समिति, नेपाल अन्तर्गत नेपालका विभिन्न शाखाहरुमा पनि श्रीरामनवमी महोत्सव विविध सत्संग मूलक कार्यक्रमहरुको आयोजनागरी धुमधामकासाथ मनाईयो । सेवानै धर्म हो भन्ने मुल मन्त्र बोकेर हिँडेका डिभाइन क्लव नेपालका भाइबहनीहरूले रामनवमी पर्वकै अवसरमा बत्तिसपुतली काठमाडौंको राममन्दिरमा स्वयम सेवा गरेका थिए भने, अघिल्लो दिन वैशाख ४ गतेको शोभायात्रामा पनि सहभागि भएका थिए । बैशाख ६ गते बाग्मती नदी सरसफाई अभियानका अभियान्ता एवं नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणि पौडेलको अगुवाईमा तम्घास बजार,गुल्मीमा आयोजित सरसफाई अभियानमा श्री राधा माधव समिति गुल्मी एवं डिभाइन युथ क्लब गुल्मी अग्रमोर्चामा रही सरसफाईमा सहभागि भएका थिए ।
|